जीवन भर टिठ्याइरह्यो
जीवन भर टिठ्याइरह्यो मलाई जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले
खुशीहरु सिमल भइ कता-कता उडिरहे
वेदना यी पीपल बनी मुटुभित्र गडिरहे
बैँस मेरो चोरिरह्यो निष्ठुर जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले
अघि बढ्दा खाडलहरु वरिपरि फैलिरहे
यातनाका बादलहरु कलेजीमा दुखिरहे
भाग्य मेरो फोरिरह्यो कठोर जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले