सररर हावामा उडि रहेछु
बादलको साथमा डुलि म रहेछु
मानिसको रंग हेरि रहेछु
भावनाको लहमा रमाइ रहेछु म
आहा... हा...
रमाउन देउन
तिम्रो हातमा छैन केहि
टाढा हर चीज यहाँ देखि
दौडिन्छौ के पाउँछु भनि
दङ्ग संसार एउटै देखि
आउन संगै उडौंँ फेरि
उड्ने भए आउ
संगै जाऔँ टाढा कतै
देखिन्छ जता ततै
पुगिन्छ अन्त कतै