गोरेटो
निसासिएर के भयो र, सबै ठिकै छ
पिरले पिरो पारे पनि,दिनहरु कट्दै छन
नहुदो रैछ गार्हो क्यारे रहर भुलाउन
सकिन्न बरु बुझेर पनि साँचो थाहा पाउन
उभिदैछु हाम्रा बाटामा मेरो आकाश निलो छैन
कोसौ टाढा भए पनि, के देख्छौ तिमी जे देख्छु म?
रम्न म छाडेको छैन मात्र मेरो रुह हराएको
कहाँ छौ र देख्दिन त म? बिराए के तिम्रै गोरेटोमा?
मेरो छाँया सरि, पछी परि खुस्खुस्याउँदा
अँधेरो, अँधेरो भएनि ठम्याउथ्ये तिमीलाई म
पार देखिने भएछु होला खोक्लो छु म नहेरन
भुल्ने छु तिमीलाई, भुल्दिन याद
मेरो ढोका ढक्ढक्याउछ
उभिन्छौ र हाम्रा बाटामा ?
तिम्रो आकाश निलो छ र ?
कोसौ टाढा भए पनि देख्न खोज्छु म जे देख्छौ तिमी
हाँस्न भने नछाडन अनि बाँच्न जति टाढा भएनि
सोँचे है मेरा बारेमा एक्लै हून्छौ कहिले
केहि ठीक छैन, ठीक गरुँ र म?
कि छाडिदीउँ लथालिङ्गिनलाई ?
के बिरायौँ , बिरायौँ हामीले
दोहोर्याउन चाहन्न म
केहि ठीक छैन, ठीक गरुँ र म?
कि छाडिदीउँ लथालिङ्गिनलाई ?
के बिरायौँ , बिरायौँ हामीले
दोहोर्याउन चाहन्न म
उभिने छु आफ्नो बाटोमा मेरो आकाश निलो हुनेछ
चिन्दैछु आफुलाई अझ, हुनेछु जे देख्दैछु म
रमाउन छाडेको थिएन मेरो रुहमै भित्र छ
आश गर्दिन पाउने छु म सबै, हिडिरहेछु म मेरै गोरेटोमा
गोरेटो मा
गोरेटो मा
गोरेटो मा गोरेटो मा