आकृति आँखाको
धमिलो भावना
भाग्न म सक्ने भए
बिलाउथे शून्यमा
म केवल मुक्ति माग्दै
यो कुलत छुटाउन
चम्किने सबै हिरा हैन
कसैले यो बुझाउन
मलाई
पुरानो त्यहि शब्दमा
नयाँ धुन हाल्दैछु
छन्दहरुलाई राख्दै म
सूरहरुलाई फाल्दैछु
बाहिर उज्यालो म पग्लिन्छु
भित्र अँध्यारो म मैलिन्छु
बद्लिने डर छ बिलाउने हैन
तैरिन खोज्छु
किनार कतै छैन
भाग्न म सक्ने भए
बिलाउथे शून्यमा
म केवल शक्ति माग्दै
अनिदों नयन सुताउन
चम्किने सबै हिरा हैन
कसैले यो बुझाउन
मलाई