आज भावनाहरु
शब्दमा अटाएन
बरु आँखा पो साथी भएछ
आज भावनाहरु
शब्दमा अटाएन
बरु आँखा पो साथी भएछ
तर आँशुलाई यो मन परेन
छोडि गयो आँखालाई
छोडि गयो बगेर
छोडि गयो बगेर
जिउने बहानामा
टोलाउन व्यस्त छु
मनलाई झुक्याएर
आँशुलाई फकाउछु
तर कठोर बन्ने कमजोर प्रयासमा हेर
आफै बिलाउदैछु
आफै बिलाउदैछु
आज भावनाहरु
एकान्तको भिंडमा
आज फेरि हराउछु
शान्त छु म तर
मनमनै कराउछु
मेरो उत्तर भित्र धेरै
प्रश्न जिउदै छ हेर
आफैलाई सोध्दैछु
आफैलाई सोध्दैछु
आज भावनाहरु
शब्दमा अटाएन
बरु आँखा पो साथी भएछ
आज भावनाहरु
शब्दमा अटाएन
बरु आँखा पो साथी भएछ
तर आँशुलाई यो मन परेन
छोडि गयो आँखालाई
छोडि गयो बगेर
छोडि गयो बगेर