एक्लै मर्नेछु म तर
तिम्रो लागि हैन
तिम्रो माया तिमी संगै
राख मलाई चाहिदैन
म त स्वतन्त्र मान्छे
तिम्रो बहानामा बाधिन सक्दिन
म त स्वतन्त्र मान्छे
तिम्रो बहानामा बाधिन सक्दिन
फर्केर आउन खोज्दैछौ
फालेको माया रोज्दैछौ
फर्केर आउन खोज्दैछौ
फालेको माया रोज्दैछौ
म त नजान्ने मान्छे
तिमी जस्तो खेल्न मलाई आउदैन
म त नजान्ने मान्छे
तिमी जस्तो खेल्न मलाई आउदैन
एक्लै गाउदैछु म आज
तिम्रो लागि हैन
झुटो आशामा रमाउनु
अब मलाई मन छैन
म त निस्वार्थ मान्छे
तिम्रो भावना म संग मिल्दैन
म त निस्वार्थ मान्छे
तिम्रो भावना म संग मिल्दैन
म त नजान्ने मान्छे
तिमी जस्तो खेल्न मलाई आउदैन
म त स्वतन्त्र मान्छे
तिम्रो बहानामा बाधिन सक्दिन