नाच नाच ए क्यानम उडाइदेउ न धुलो
हुन्न हुन्न ए क्यानम मन भन्दा रुप ठुलो
नाच नाच ए क्यानम उडाइदेउ न धुलो
हुन्न हुन्न ए क्यानम मन भन्दा रुप ठुलो
तिम्रै हुँ म ए क्यानम धुर्वको तारा
मलाइ हेर ए क्यानम अरुलाई नहेर
नाच नाच ए क्यानम उडाइदेउ न धुलो
हुन्न हुन्न ए क्यानम मन भन्दा रुप ठुलो
नाच ए क्यानम ए क्यानम
नाच ए क्यानम
माथि माथि लेकमा उड्ने डाँफे हो कि मुनाल
तिमीलाई भनि बुनेको छु फुल भरेको रुमाल
घुमि घुमि बस्यो माहुरी च्युरीको बोटैमा
दिल बस्यो ठुला आँखा लजालु ओठैमा
सागर भन्दा ए क्यानम गहिरो छ है माया
तारा भन्दा ए क्यानम धेरै छ सम्झना
नाच ए क्यानम ए क्यानम
नाच ए क्यानम
नाकैमा लाऊने झम्के फुली खस्यो पधेरीमा
विपनीमा भेट नहोला आऊ है निदरीमा
पारी पाखा घामै झुल्क्यो हिमालै झलमल
मन मिले मनै साटौ नगरौ अलमल
थुंगा थुंगा ए क्यानम फुलैको थुंगा
ठोक मादल ए क्यानम बजाईदेउ मुर्चुन्ग़ा
थुंगा थुंगा ए क्यानम फुलैको थुंगा
ठोक मादल ए क्यानम बजाईदेउ मुर्चुन्ग़ा
नाच ए क्यानम ए क्यानम
नाच ए क्यानम