सत्यको अर्थ छैन झुठले नै बन्छ भेष
धर्मले केहि हुन्न पापले बन्छ सर्बश्रेष्ठ
कोल्टे फेरिसक्यो परिवर्तनको नया भेष
सत्कर्मको छैन सत्कार आफ्नै तालमा सबै नेक
जिन्दगीमा राजनीति बेकारको आरती
आकृति कोमल सोचको आकर्षित भएन आखिरी
समय चक्रब्यूह मा समय छैन सापटी
त्यसैले त होलान मान्छे हरु शत्रु आखिरी
जसको बोलि उसको भक्ति सबै छन् सर्बोपरि
सकारात्मक सोचाई राख्नु भूल हुने भो आजभोलि
स्वार्थी यो सहरमा स्वार्थले भर्छ मन
पापी यो दुनियामा पापले नै बन्छ झन्
छुट्टै छन् क्ष्यण अनि छुट्टै छ ज्ञान
झुटो यो सहरमा आफ्नै छ ध्यान
तेरो मनको कुराहरु कसैलाई नभन
भोलि अर्कैको मुखमा, तेरो सक्यो जीवन
सोझो भएर केइ छैन
धर्मले केइ हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश
झूट बोलि केइ छैन
कसैको नि भर हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश
आफु आफैमा बन्धक रहेर
सबै बाट टाढा रहेर सोचे
शान्त मौन भै केइ बेर बसेर
ऐनामा आफैलाई घुरी हेरे
सत्य असत्यको बीच उभिदा
पाप र धर्मलाई मैले बिर्सदा
नया जीवन को भएछ श्रिस्टी
हेर्दा जयूदो लाश मेरो आफ्नै दृस्टी
सोझो भएर केइ छैन
धर्मले केइ हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश
झूट बोलि केइ छैन
कसैको नि भर हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश
बाचेर हेर्छु अब आफ्नै निम्ति
झुक्ने छैन अब कसै प्रति
परिवर्तन मेरो प्रकृति
खुल्ला आकाश रह्यो मलाई सन्तुष्टि
यो मेरो प्रस्तुति
जिन्दगीलाई अन्धकारले घेरिएको स्थिती, स्तुती ..
मेरो आफ्नो भगवानलाई छुटै छ आकृति
नया भो यात्रा, विश्वास कोइमा छैन
आफै म भुल्दैछु कोइ आफ्नो भएन
भगवानको बाटो भगवानलाई छोडे
अस्तित्व मेरो बेग्लै भो ठिक गरे
सोझो भएर केइ छैन
धर्मले केइ हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश
झूट बोलि केइ छैन
कसैको नि भर हुन्न
येस्तै भै गयो यहा
सत्य को सर्बनाश